एसीसी प्रिमियर कपः नेपाल-कतार, हङकङ-कुवेत भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज बिहीबार दुईवटा खेल हुँदैछन् । समूह ‘ए’ मा रहेका नेपाल र कतारबीच त्रिवि मैदान कीर्तिपुरमा खेल हुनेछ ।

यस्तै, समूह ‘बी’ मा रहेका हङकङ र कुवेतबीचको खेल मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

समूह ‘ए’ बाट नेपाल र ओमान सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । कतार जितविहीन रहँदै पुछारमा छ ।

समूह ‘बी’ बाट भने यूएईले मात्रै सेमिफाइलनमा स्थान बनाएको छ । आज हङकङ र कुवेतबीचको विजेता टोली सेमिफाइनलमा पुग्नेछ ।

हङकङको ५ र कुवेतको ४ अङ्क रहेको छ । खेल बराबरी वा रद्द भए हङकङ सेमिफाइनलमा पुग्नेछ ।

एसीसी प्रिमियर कपमा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट खेल्न पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *