यू-१७ एसियन कप छनोटः नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले आज बुधबार इरानसँग खेल्दैछ ।

समूह ‘एच’ मा रहेको नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

नेपाली टोलीले यसपटक विष्णु गुरुङको प्रशिक्षणमा खेल्नेछ । यसअघि साफ यू–१७ च्याम्पियनसिपपमा भगवती थापा मगर मुख्य प्रशिक्षक थिइन् ।

समूहअन्तर्गत अर्को टिम आयोजक जोर्डनसँग नेपालले आगामी शुक्रबार खेल्नेछ । समूह विजेता बन्ने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ ।

हरेक समूह्यको विजेता दोस्रो चरणमा पुग्नेछन् । जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूह्यको शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कपमा स्थान बनाउनेछ ।

नेपाली टोलीमा गोलकिपर वैकल्पिकसहित सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी छन् ।

डिफेन्डरमा अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई छन् ।

यस्तै मिडफिल्डरमा माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ छन् भने फरवार्डमा सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *