पाणिनि संस्कृत विद्यालय र साहित्यकार रिजाललाई पुरस्कार

विराटनगर । सावित्रादेवी-अच्युतप्रसाद खतिवडा साहित्य सेवा प्रतिष्ठान विराटनगरले २०७९ सालको सावित्रादेवी-अच्युतप्रसाद खतिवडा हास्यव्यङ्ग्य साहित्य पुरस्कार साहित्यकार आरसी रिजाल (हेटौंडा) लाई प्रदान गर्ने भएको छ ।

यस्तै सावित्रादेवी-अच्युतप्रसाद खतिवडा शिक्षा पुरस्कार पाणिनि संस्कृत विद्यालय विराटनगरलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

दुवै पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ छ ।

नेपाली हास्यव्यङ्ग्य विधामा चार दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि रिजाललाई पुरस्कार प्रदान गर्न लागिएको हो ।

संस्कृत शिक्षाको उन्नयनका दिएको योगदानका लागि पाणिनि विद्यालयलाई यो पुरस्कार दिइने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

यसअघि साहित्यकार लक्ष्मण नेवटिया, र कलाकार पारस थापालाई ती पुरस्कार प्रदान गरिएको थियो ।

वैशाख २२ गते बुद्ध जयन्तीका दिन विराटनगरमा आयोजना हुने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने प्रतिष्ठानका सचिव विवश पोखरेलले बताए ।

कार्यक्रममा प्रतियोगितात्मक हास्यव्यङ्ग्य कविगोष्ठीको समेत आयोजना गरिने भएको छ ।

गोष्ठीमा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः पाँंच हजार, तीन हजार, दुई हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितात्मक हास्यव्यङ्ग्य कविगोष्ठीमा सहभागी हुन चाहने कविले [email protected] मा २५० शब्दमा नबढाई आफ्ना अप्रकाशित कविता पठाउन सक्ने जनाइएकोछ ।

प्रतिष्ठानको कार्यसमितिको बैठकले उक्त पुरस्कार प्रदान गर्ने र कविगोष्ठी गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *