अघिल्लो पटकभन्दा धेरै मतसहित चितवन-२ बाट लामिछाने निर्वाचित

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी भएका छन् ।

गत मंसिर ४ मा भएको आम निर्वाचनमा भन्दा बढी मत ल्याउँदै उनी उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई लामिछानेले ४२ हजार ९६२ मतले पराजित गरेका हुन् ।

श्रेष्ठले ११ हजार २१४ र नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेका छन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन २ मा ७८ हजार २७७ मत खसेको थियो ।

मंसिर ४ मा भएको निर्वाचनमा लामिछानेले ४९ हजार २६४ मत ल्याएर विजय प्राप्त गरेका थिए ।

त्यसबेला निकतटम् प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *