वर्षाका कारण खेल रद्द, अंकका आधारमा नेपाल सेमिफाइनलमा

काठमाडौं । अविरल वर्षाको कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबले अंक बाँडेका छन् । समूह ‘ए’ मा रहेका नेपाल र साउदीले मूलपानी क्रिकेट मैदानमा खेल्ने तय गरिएको थियो ।

निरन्तर वर्षा भएपछि खेल रद्द गरिएको थियो । समूह ‘ए’ मा नेपालले लगातार दुई खेल जितेको थियोे। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।

अंकका आधारमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

साउदीले पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियोे । दोस्रो खेलमा साउदीले कतारलाई ७ विकेटले पराजित गरेको थियोे ।

शीर्ष स्थानमा रहेको नेपालको ३ खेलबाट ५ अंक छ । साउदी ३ अंकसहित तेस्रो स्थानमा छ । प्रतियोगिताअन्तर्गत नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *