एसीसी प्रिमियर कप : नेपालले आज साउदीसँग खेल्दै

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपअन्तर्गत आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘ए’ मा रहेको नेपालले मूलपानी मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

जारी प्रतियोगितामा अपराजित रहेको नेपालले आज साउदीलाई पराजित गरे समूहको एक खेल बाँकी रहँदै अन्तिम चारमा प्रवेश गर्नेछ ।

यसअघि मोन्टी देसाईको टोलीले मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानसँग ८४ रनको सहज जित दर्ता गरेको थियो ।

साउदीले एक खेलमा हार ब्यहोरेको छ भने एक खेलमा जित हासिल गरेको छ । आजको खेलमा उसले जित हात पारे सेमिफाइनल पुग्ने सम्भावना रहनेछ ।

आजै कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने अर्को खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *