नेपालले ओमानलाई ८४ रनले हरायो

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानलाई ८४ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थिति त्रिवि मैदानमा आज शुक्रबार भएको खेलमा बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको मदतमा नेपाली ओमानमाथि सानदार सित निकालेको हो ।
३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो ।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए भने दिपेन्द्रसिंह ऐरी दुई र ललित राजवंशी एक–एक विकेट लिए ।
प्रतिक्रिया