एसीसी प्रिमियर कपः नेपालको पहिलो खेल मलेसियासँग

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गतका खेलहरु आज मंगलबार सुरु हुँदैछन् । आज उद्घाटनको दिन दुई खेल खेलाइने भएको छ ।
नेपालले एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९ बजे टियु मैदान सुरु हुनेछ ।
१० टोली सहभागी प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछ ।
यसैगरी मूलपानी मैदानमा अर्को खेल हङकङ र सिंगापुरबीच खेल हुँदैछ । उक्त मैदानमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ ।
प्रतियोगिता समूह ‘ए’ मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।
समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
प्रतियोगिता वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतिक्रिया