‘सरकारका हरेक निकायमा बेरूजु’

काठमाडौं । सरकारका हरेक निकायमा बेरुजुमा कमी नआएको र विकास आयोजनाहरुको प्रगति निरासानक रहेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो पाइएको हो ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार ९९४ पृष्ठको ६०औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्रिय गौरवका २७ आयोजनामध्ये ८ वटा आयोजनाको भौतिक प्रगति ३० प्रतिशतभन्दा कम रहेको प्रतिवेदनमा जनाइएको छ ।

सरकारले सुशासनको नारा दिए पनि मुलुकको बेरुजु एक वर्षमै १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँले बढेको छ ।

नियमअनुसार खर्च नगर्दा र रकम असुल गर्न नसक्दा बेजुरु डरलाग्दो गरी बढेको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मुलुकको कूल बेरुजु ५ खर्ब ८७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयले संघ, प्रदेश, स्थानीय तह, समिति र अन्य संस्थाको ७१ खर्ब ३८ अर्ब ७४ करोडको लेखापरीक्षण गरेको थियो । जसमा ४ हजार ६८ संघीय सरकारी निकायको २३ खर्ब ५६ अर्बको लेखा परीक्षण गर्दा ५६ अर्ब ३१ करोड बेरुजु देखिएको छ ।

त्यस्तै १ हजार २ सय १८ प्रदेश निकाय तथा कार्यालयको ३ खर्ब १२ अर्ब रुपैयाँको लेखा परिक्षण गर्दा ७ अर्ब २० करोड बेरुजु देखिएको छ ।

७ सय ५१ स्थानीय तहको ११ खर्ब ४ अर्बको लेखा परीक्षणमा ४२ अर्ब ८८ करोड बेरुजु छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *