साधारण सदस्य पनि नरहने गरी पार्टीद्वारा ढाकाकुमारलाई कारबाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले घूस प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले समानुपातिकतर्फका सांसद श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको हो ।

बैठकले उनको ठाउँमा बिन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्री बन्न श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरेर छानबिन गरेको थियो ।

अनुशासन तथा आचरण समितिको सिफारिसका आधारमा उनलाई कारबाही गरिएको रास्वपाले जनाएको छ ।

केन्द्रीय समितिको बैठक बस्नुअघि श्रेष्ठले उक्त अडियो आफ्नै भएको स्वीकार गर्दै पुरानो अडियोलाई सम्पादन गरेर सार्वजनिक गरिएको दाबी गरेका थिए ।

सांसद श्रेष्ठले घूस मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *