उद्योग वाणिज्य महासंघ साधारणसभा : ११६ जना प्रतिस्पर्धामा

काठमाडौं । देशभरका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आज ५७औँ वार्षिक साधारण सभा सुरु हुँदैछ ।
साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको ६४ सदस्यीय नयाँ कार्यसमितिमध्ये दुई सदस्य निर्विरोध चयन भ्इसकेका छन् ।
अरु ११६ जना उम्मेदवार चुनावी मैदानमा छन् । करिब दु्ई हजार मतदाता रहेको महासंघले जनाएको छ ।
महासंघको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुनेछ ।्
महासंघको विधानले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै तीन वर्षपछि स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामा छन् ।
वरिष्ठ उपाध्यक्षका तीनै उम्मेदवार आ(आफ्ना प्यानल बनाएर चुनावी प्रचारमा होमिएका छन् ।
जिल्ला, नगरतर्फका १ उपाध्यक्षमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गी र सुरजकृष्ण वैद्य प्रतिस्पर्धामा छन् । वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, मनीषलाल प्रधान, शकुन्तलाल हिराचन प्रतिस्पर्धामा छन् ।
एसोसिएटतर्फ उपाध्यक्षमा भरतराज आचार्य र ज्योत्स्ना श्रेष्ठ प्रतिस्पर्धामा छन् ।