‘२ करोड घुस’ काण्डः रास्वपा सांसद निलम्बनमा

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाराम श्रेष्ठ निलम्बनमा परेका छन् ।

आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको र त्यसका लागि साढे दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आज सार्वजनिक भएको थियो ।

पार्टीको साधारण सदस्य र सांसदको रूपमा कुनै पनि काम र क्रियाकलाप गर्न नपाउने गरी श्रेष्ठलाई तत्कालका लागि निलम्बन गरेको रास्वपाका महामन्त्री मुकुल ढकालले जनाएका छन् ।

सांसद श्रेष्ठसँग पार्टीले २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको छ ।

छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको महासचिवले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ’, पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सांसद श्रेष्ष्ठ र प्रसाईंबीचको टेलिफोन वार्ताका सम्बन्धमा सत्य तथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *