एकल महिलाका सन्तानको जन्म दर्तामा मावलीको थर राख्ने निर्णयप्रति आपत्ति

काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुनविपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभामा शुक्रबारको बैठकको शून्य समयमा बोल्दै उनले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई अस्वीकार गर्ने गरी सबै वडाहरुमा सरकारले गरेको त्यस्तो परिपत्र फिर्ता लिन आग्रह गरिन् ।

परिपत्र फिर्ता लिएर संविधान सम्मत ढंगले अर्को परिपत्र गर्न पनि सरकारलाई उनले सचेत गराइन् ।

‘नेपाल सरकारले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा सबै वडाहरुमा परिपत्र गरेको छ । संवैधानिक र कानुन व्यवस्थाको ख्याल नगरी जारी गरिएको सो परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ । परिपत्रले संविधान र कानुनले सावित गरेको आमाका पहिचान र अस्तित्वलाई अस्विकार गरेको छ । संविधान र देवानी संहिता अनुसार पुन परिपत्र गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ भट्टराईले भनिन् ।

सांसद भट्टराईले संविधानले पितृत्वको ठेगान नभएका बच्चाहरुको जन्मदर्ता उनीहरुको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसै अनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *