नेपाली सेनामा खुल्यो ६२१ जनाका लागि जागिर

काठमाडौं । नेपाली सेनाले जनशक्ति भर्ना गर्न विज्ञापन खुलाएको छ । सेनामा डाक्टर, ईञ्जिनियर, पुजारी, कर्मचारी जस्ता पदका लागि आवेदन माग गरिएको छ ।
सेनाको भर्ना छनौट निर्देशनालयले प्राड–प्राविधिक, हवाई लगायत विविध सेवातर्फका अधिकृत पदका लागि र पदिक तथा विल्लादार पदका लागि भर्ना आह्वान गरेको हो ।
अधिकृत र पदिक तथा विल्लादारमा गरी ६२१ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
अधिकृत पदका लागि १३७ जना माग भएको छ । यसमा मेडिकलतर्फ सबैभन्दा धेरै ४४ जनाको माग गरिएको छ ।
त्यस्तै पदिक तथा विल्लादारमा ४८४ जनाको माग गरिएको छ । यसतर्फ सबैभन्दा धेरै सैनिक कर्मचारी १५५ जना माग भएको छ । ११ जना पुजारीको लागि पनि आवेदन माग भएको छ ।
दरखास्त आह्वानका लागि ‘गोरखापत्र’ मा प्रकाशित सेनाको विज्ञापन–
प्रतिक्रिया