‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ अब सरकारले बनाउने

काठमाडौं । सरकारले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ को स्वामित्व लिएर निर्माण कार्य पूरा गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले रंगशालाको काम अघि बढाउने निर्णय गरेको हो ।

‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा छ ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र उनकी पत्नी कलाकार कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १६ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाएका थिए ।

फाउन्डेसनका संस्थापक कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गरेका थिए ।

मन्त्रिपरिषद्को निर्णयसँगै अब चितवनको क्रिकेट रंगशाला निर्माणको काम सरकारले अगाडि बढाउने भएको छ ।रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । अरु संरचना बनाउन बाँकी छ ।

३० हजार दर्शक अटाउने क्षमता भएको प्यारापिटका बनाउन थालिएको थियो ।

कट्टेलले अहिलेसम्म उधारोमा काम गरेको र ५४ करोड खर्च भएको जनाउँदै करिब १६ करोड रुपैयाँ उधारो रहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *