विद्यालयको सहयोगका लागि चैत २५ गते विराटनगरमा ‘साइक्लोथन प्रतियोगिता’

विराटनगर । चौथो संस्करणको ‘साइक्लोथन प्रतियोगिता’ चैत २५ गते शनिबार विराटनगरमा हुने भएको छ ।

रोटरी क्लब अफ विराटनगर फ्यूजनले प्रतियोगिताको आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

प्रतियोगितामा गियरजडित वा सामान्य सबै खाले साइकल प्रयोग गर्न सकिने जनाइएको छ ।

क्लब अध्यक्ष श्वेता तोदी, पूर्वअध्यक्ष जयश्री जाजु, युनेशराज श्रेष्ठ, सचिव शिल्पा अग्रवाल लगायतका पदाधिकारी सम्मिलिन पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको थियो ।

विराटनगरस्थित आदर्श बालिका माध्यमिक विद्यालयमा भौतिक निर्माणका लागि सहयोग जुटाउन प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ ।

उक्त विद्यालयको शौचालय व्यवस्थित पार्ने साथै रंगरोगन गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ ।

क्लबकी पूर्वअध्यक्ष महिला उद्यमी जयश्रीका अनुसार प्रतियोगितामा १६ वर्षभन्दा माथि उमेर समूहका ४०० भन्दा बढी पुरुष र महिलाले सहभागिता जनाउन पाउने जानकारी छन् ।

विराटनगर महानगरपालिका क्षेत्रको २० किलोमिटर दूरीमा प्रतियोगिता सञ्चालन हुनेछ ।

पुरुष र महिला दुवैतर्फ प्रथम हुनेलाई ३०/३० हजार पुरस्कार दिइनेछ । यस्तै, दोस्रो हुने दुवैतर्फ १५/१५ हजार र तेस्रो हुनेलाई १०/१० हजार रुपैयाँ पुरस्कार दिइने जनाइएको छ ।

प्रतियोगितामा सहभागी हुनेले दर्ता शुल्कवापत एक हजार रुपैयाँ तिर्नु पर्नेछ । संकलित रकमबाट पुरस्कार दिएर बाँकी रकम विद्यालयका लागि खर्च गरिने संस्थाले जनाएको छ ।

संस्थाले विभिन्न समयमा सामाजिक कार्यहरुमा सक्रियता देखाउँदै आएको छ ।

त्यसै सिलसिलामा यसपटक उक्त विद्यालयको स्तरोन्नतिका केही काम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *