संक्रमित सबैमा ‘ओमिक्रोन’ पाइयो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ । परीक्षणका क्रममा संक्रमण पुष्टि भएका सबैजनामा ‘ओमिक्रोन’ भेरिएन्ट पाइएको छ ।

यो भेरिएन्ट तीव्र रुपमा फैलन सक्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

चैत महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरिबाट २४ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरू सङ्कलन गरिएको थियो ।

ती नमुनाहरू परीक्षण गर्दा सबैमा १०० प्रतिशत ओमिक्रोन नयाँ भेरिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

केही दिनयता भारतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन एक्सबीबी.१.१६’ बाट संक्रमित हुनेको संख्या बढिरहेको छ ।

सीमा नाका भएर आउनेहरुको परीक्षण गर्दा कतिपयमा त्यस्तै संक्रमण पाइएको छ । सरकारले विभिन्न नाकाहरुमा परीक्षण र उपचारका लागि व्यवस्था गरेको जनाएको छ ।

शङ्कास्पद लक्षण देखिएका यात्रुहरूले सीमा नाकामा स्थापित ती हेल्थ डेस्कबाट कोभिड–१९ परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ ।

मौसम फेरिने क्रममा रहेकाले मौसमी रुघाखोकीका साथै कोभिड–१९ को सङ्क्रमण पनि बढ्दै गएकाले सतर्कता अपनाउन भनिएको छ ।

जनस्वास्थ्यका मापदण्डको पालना गर्न अनि गराउन मन्त्रालयले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *