६ हजार ५ सय १३ विद्यार्थी दीक्षित

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत आबद्ध विभिन्न क्याम्पसहरुबाट अध्ययन पूरा गरेका ६ हजार ५ सय १३ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दीक्षान्त समारोहमा विभिन्न संकायअन्तर्गत अध्ययन गरेका विद्यार्थीहरुलाई दीक्षित गरिएको हो ।

कार्यक्रममा कला संकायमा स्नातकतर्फ ९२, स्नाकोत्तरतर्फ ४३ जनालाई दीक्षान्त प्रदान गरिएको थियो । यस्तै कानुन संकायतर्फ स्नातकतर्फ १९९ स्नाकोत्तर १०७, शिक्षाशास्त्र संकायतर्फ स्नातकतह ३५४ र स्नाकोत्तरतर्फ १४८ जना विद्यार्थी दीक्षित भएका थिए ।

यसैगरी, व्यवस्थापनतर्फ स्नातक तहतर्फ १ हजार २४२, स्नाकोत्तरतर्फ ६१४ र एमफिलतर्फ ६ जनालाई दीक्षित गरिएको थियो ।

त्यस्तै चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि संकायका स्नातकतर्फ एक हजार २६१ स्नाकोत्तरतर्फ १२३ र एमफिल गर्ने ६ जना गरी जम्मा ६ हजार ५१३ जनालाई दीक्षित गरिएको थियो ।

कार्यक्रमका विशेष अतिथि प्राध्यापक डाक्टर सुरेशराज शर्माले देशभित्रै गुणस्तरयुक्त शिक्षा प्रदान गर्न सबै शैक्षिक संस्थाहरुले जोड दिनुपर्ने बताए ।

प्रधानमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित परिसरमा मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन दिए ।

ऐन कानुनमा देखिएका समस्यालाई चाँडै हल गर्ने बताउँदै प्रधानमन्त्री दाहाललेस्थानीय स्तरमा मेडिकल कलेज पढ्न पाउने ब्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले नेपालका विश्वविद्यालयहरुले सैद्धान्तिक ज्ञान मात्र नभई जीवनउपयोगी र व्याबहारिक ज्ञानमा जोड दिनुपर्नेमा जोड दिए । विज्ञान प्रविधिको युगमा सैद्धान्तिक सिकाईले ज्ञान आर्जन भएपनि दैनिक जीवनमा उपयोग कम हुँदै उनको भनाइ थियो ।

२१औँ शताब्दीमा आवश्यकता परिपूर्तिका लागि उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग गर्दै वैकल्पिक श्रोत र साधनको खोजीगर्न विश्व विद्यालयलाई समुदाय स्तरमा लैजान आवश्यक भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *