‘थ्री नेसन्स कप’ को उपाधि नेपाललाई

काठमाडौं । लाओसलाई पराजित गर्दै नेपालले ‘प्रधानमन्त्री थ्री नेसन्स कप’ को उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा लाओसलाई नेपालले २–१ गोलले पराजित गरेको हो ।
खेलको १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा १ गोलले पछाडि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो ।
खेलको २४ अौँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ ले जिताए ।
फाइनलमा निर्णायक गोल गरेका मनिष म्यान अफ द म्याच घोषित भए।
नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले २५ सय अमेरिकी डलर पुरस्कार पाएको छ ।
प्रतियोगितामा नेपाल, लाओस र भुटानको सहभागिता थियो ।
प्रतिक्रिया