थ्री नेसन्स कप: नेपाल र लाओसबीच उपाधि भिडन्त आज

काठमाडौँ । ‘प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता’ को फाइनल खेल आज शुक्रबार हुँदैछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले आज लाओसको सामना गर्दैछ ।
दशरथ रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।
नेपालले यसअघि लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो । यस्तै भुटानसँग नेपालले १–१ गोलको बराबरी खेलेको थियो ।
यस्तै, यसअघि लाओसले भुटानमाथि २–१ को जित हासिल गरेको थियो ।
नेपाली टिमका कप्तान किरण चेम्जोङले नयाँ खेलाडीको आत्मविश्वास बढाउन यो प्रतियोगिता जित्न जरुरी रहेको बताएका छन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।
प्रतिक्रिया