वैशाखदेखि स्थानीय तहबाटै श्रम स्वीकृति लिन सकिने

काठमाडौं । रोजगारीका लागि विदेश जान श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ ।

श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख १ गतेदेखि ७ सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फाराम भर्न सकिने छ ।

वैशाखदेखि स्थानीय तहबाटै वैदेशिक रोजगारीसम्बन्धी सूचना सरोकारवालामा पुर्याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनःश्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयको भनाइ छ ।

यसअघि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयबाट श्रम स्वीकृतिको कामा अघि बढाइएको थियो ।

त्यसपछि पनि श्रमिकलाई दुःख दिने, फाइलहरु अनावश्यक रुपमा अल्झाउने गुनासाहरु मन्त्रालयमा पुग्ने गरेका थिए ।

सोही आधारमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा यो नयाँ प्रक्रियाबारे निर्णय भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *