गठबन्धन दलले बल्ल टुंग्याए मन्त्रालयको भागबन्डा

काठमाडौं । पटक पटकको बैठक र छलफलपछि सत्ता गठनबन्धनमा आबद्ध दलहरूले मन्त्रालयहरूको भागबन्डा टुंगो लगाएका छन् ।

बागबन्डाअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले ५ वटा मन्त्रालय पाउने भएको छ भने एकीकृत समाजवादी पार्टीले २ वटा मन्त्रालय पाउने सहमति भएको एक नेताले बताएका छन् ।

कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको जनाइएको छ ।

यसैगरी माओवादीको भागमा गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पर्ने भएको छ ।

एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालयको जिम्मेवारी पाउने सहमति भएको नेताहरुले बताएका छन् ।

यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने गरी सहमति गरिएको छ ।

गठबन्धनमा आबद्ध दलहरुबीच मन्त्रालयको भागबन्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको छ ।

भागबन्डा मिलाएपछि अब बिहीबारै वा शुक्रबार मन्त्रिपरिषद विस्तार हुने सम्भावना रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *