आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल सेमिफाइनलमा

विराटनगर । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६-५ गोलले पन्छाउँदै जवलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि गोलरहित बराबरी भएपछि सडेनडेथबाट छिनोफानो भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकरमा दुवै टोलीले ५-५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।

सडनडेथमा जावलाखेलको तर्फबाट सिमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङ्गले गोल गरेका थिए ।

आर्मीको तर्फबाट टंक बस्नेत, टेकबहादुर बुढाथोकी, कप्तान जिलेस्पी जंग कार्की,सन्तोष केसी र गोल किपर बिकेस कुथुले गोल गरेका थिए भने सेसेहाङ्ग आङदङबेको प्रहार बाहिरिदा दोस्रो खेलबाट आर्मी घर फर्किन बाध्य भयो ।

जितसँगै जावलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्नेछ । आर्मी र जावलाखेलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धिारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।

आर्मीले दशौं मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका आशिष शाक्यको प्रहार बाहिरयो । आर्मीका कप्तान जिलेस्पी जंगग कार्कीले २३ औं मिनेटमा ३० यार्डदेखिको कडा प्रहार जावालाखेलका गोलकिपर अनिष देउलाले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए । त्यसलगतै भरत चौधरीले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन । ३६ औं मिनेटमा आर्मीका सुलिद राईले डिफेन्डरलाई क्रस गरेर निकालेको बल सुशासन्त चौधरीले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत गर्न चुेक ।

जवालाखेलका विदेशी खेलाडी मसोवीको पनि ३९ औं मिनेटमा गोल गर्न चुकेका थिए । राहुलले ४४ औं मिनेटमा निकालिदिएको वान भर्सेस वानको प्रहार मसोवीले गोल गने अवसर गुमाएका थिए । त्यसलगतै उनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुबाट डिफ्लेक्ट हुँदै बाहिरियो ।

बलको कर्नर प्रहारमा सुशान्त चौधरीको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो । दोस्रो हाफबाट आर्मीले आक्रमक खेल पस्किएपनि गोलमा परिणत गर्न नसक्दा घर फर्किन बाध्य भयो । ५२ औं मिनेटमा कप्तान जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले अग्रता लिन सकेन ।

६० औं मिनेटमा मध्यभागबाट एक्लै बल अघि बढाएका सेसेहाङ्ग आङ्देङबकोे प्रहार दायाँ बार हुँदै बाहिरिँदा आर्मीले गोल गर्नबाट चुक्यो । ६५ औं मिनेटमा वान भर्सेस वानमा जावलाखेलका सिमन्त थापाको डिबक्स भित्रको कडा प्रहार आर्मीका गोलरक्षक गोलरक्षक विकेश कुथुले बचाएका थिए । लगत्तै विदेशी खेलाडी आयोवको प्रहार पनि गोलरक्षक कुथुले विफल पारे ।

७३ औ मिनेटमा आर्मिका सुदिप राईले पेनाल्टी एरियामा निकालिदिएको बल कप्तान जिलेस्पीको प्रहार पोसमाथिबाट बाहिरिदा गोल गर्ने अवसर खेर गयो । ८३ औं मिनेटमा युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो ।

८६ औं मिनेटमा जावलाखेलका कप्तान सिमान्त थापाले मध्यभागबाट बल एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट आर्मीका गोलरक्षकलाई बीट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । अतिरिक्त समयको १५ औं मिनेटमा आर्मीका सन्तोष केसीले फ्रिकिक कप्तान जिलेस्पीले पेनाल्टी एरियाबाट बललाइ नियन्त्रणमा लिएर गरेको प्रहार पोसमाथिबाट बाहिरियो ।

शनिबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *