माईखोला हाइड्रोपावरको आइपीओ आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माईखोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद आज बिहीबार अन्तिम दिन हो । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आज चैत ९ गते बिहीबार बैंकिङ समयसम्म मात्र यसमा आवेदन दिन पाउने जनाइएको छ ।

कम्पनीले फागुन २५ गतेदेखि इलाम जिल्लाका स्थानीयलाई जारी पुँजीको १०५ अर्थात ३ लाख ९२ हजार १५७ कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५२ हजार ९४१ कित्ता सेयर बिक्री खुला गरेको जनाएको छ ।

बिहीबार बैंकिङ समयपछि दुवै समूहको आवेदन बन्द हुने भएको छ ।

कम्पनीको जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ छ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यस आइपीओलाई रेटिङ एजेन्सी ‘इक्रा नेपाल’ ले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *