साफ यू–१७ महिला च्याम्पियनसिपः नेपालले भुटानलाई हरायो

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो पहिलो जित हो ।
ढाकामा भएको खेलको १६ औँ मिनेटमा वर्षा ओलीको गोलमार्फत नेपालले अग्रता लिएको थियो । ३० औँ मिनेटमा दिपा रोकायाले दोस्रो गोल थपिन्। ३४ औँ मिनेटमा सेनु परियारले गोल गरेपछि पहिलो हाफमै नेपाल ३-० को बलियो स्थितिमा पुगेको थियो ।
५० औँ मिनेटमा वर्षाले व्यक्तिगत दोस्रो गोल गरिन् । ५८ औँ मिनेटमा सेनुले फेरि गोल गरेपछि नेपाल ५-० को फराकिलो जित हात पार्न सफल भएको हो ।
पहिलो खेलमा भारतसँग ४-१ गोलले पराजित नेपाल भुटानविरुद्ध जित हात पार्दै लयमा फर्किएको छ । भुटानको यो दोस्रो हार हो । नेपालले आइतबार रुससँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया