साफ यू-१७ महिला फुटबलमा भुटानको सामना गर्दै नेपाल

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समयअनुसार साँझ ७ बजे खेल सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित भएको थियो । उपाधिको सम्भावना कायम राख्न नेपालले भुटानसँगको खेल जित्नैपर्ने अवस्था छ ।

भुटान पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८–१ ले पराजित भएको थियो ।

नेपालले तेस्रो खेल आउने आइतबार रुससँग र चौथो खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।

पाँच देश सम्मिलित प्रतियोगितामा रुसले आज घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्दैछ । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *