फागुनमा विदेशिए ६१ हजारभन्दा बढी नेपाली

काठमाडौं । फागुन महिनामा रोजगारीको खोजीमा ६१ हजारभन्दा बढी नेपाली विदेशिएका छन् । यो संख्या माघको भन्दा केही कम रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

माघमा ६४ हजार २८४ जना विदेश गएको तथ्यांक छ । नयाँ श्रमस्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेसहित गरी त्यति संख्यामा नेपाली विदेश गएको पाइएको छ ।

फागुनमा म्यानपावर एजेन्सीमार्फत् २९ हजार २८८ जना युवा विदेशिएका छन् भने व्यक्तिगत रुपमा जानेको संख्या ५ हजार ५३६ जना रहेका विभागले जनाएको छ ।

यसैगरी ‘जीटूजी’ मार्फत २ हजार १७० जना युवा विदेशिएका छन् । विभागका अनुसार व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या २४ हजार ८५१ जना छ ।

फागुनमा विदेश गएकामध्ये मलेसिया जानेको संख्या १९ हजार ८२४ जना छ । कतारका लागि ११ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन् भने युनाइटेड अरब इमिरेट्सका लागि ९ हजार ७९५ जनाले स्वीकृति लिएको जनाइएको छ ।

यसैगरी साउदी अरबमा ९ हजार ५०३ जना पुगेका छन् । कुवेतका लागि २ हजार ४६२ जनाले स्वीकृति लिएको विभागले जनाएको छ ।

नेपालीहरुको अर्को रोजगार गन्तव्य मुलुक कोरिया जान २ हजार २२७ जनाले स्वीकृति लिएका छन् । यस्तै, रोमानियामा १ हजार ७० जना, जापानमा ८७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५९५ जना युवा गएका छन् ।

फागुनमा सबैभन्दा बढी धनुषाबाट ३ हजार १२९ विदेश गएका छन् । यस्तै झापाबाट २ हजार ७३५, मोरङबाट २ हजार ३९६, सिराहाबाट २ हजार ३४५, महोत्तरीबाट २ हजार ३०५, रुपन्देहीबाट १ हजार ८१६ र सर्लाहीबाट १ हजार ७२५ जना विदेश गएको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *