१४ वर्षपछि भएको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साहित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक क्याम्पसहरूमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ६० प्रतिशत मतदान भएको छ ।

४७ वटा आंगिक र २ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसहरुमा निर्वाचन भएको हो ।

१४ वर्षपछि भएको निर्वाचनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

देशभरका क्याम्पसमा शान्तिपूर्ण रूपमा निर्वाचन भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

प्रारम्भिक तथ्यांकअनुसार ६० प्रतिशत मतदान भएको त्रिविका शिक्षाध्यक्ष एवं स्ववियु निर्वाचन केन्द्रीय समितिका अध्यक्ष शिवलाल भुसालले जानकारी दिएका छन् ।

बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिए पनि ढिला सुरु भएका र विवादका कारण अवरुद्ध भएका केही क्याम्पसमा भने तोकिएको समयपछि पनि मतदान जारी राखिएको थियो ।

काठमाडौं उपत्यका र अरु केही प्रदेशमा कतिपय क्याम्पसमा भने विवादका कारण निर्वाचन स्थगित भएको छ । विवाद सुल्झाएर निर्वाचन सञ्चालन गर्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *