नेपालको सय रन पूरा

काठमाडौं । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज बिहीबार भइरहेको अन्तिम खेलमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालका लागि ‌ओपनर कुशल भुर्तेलले ३२ बलमा अर्धशतक पूरा गरे । अर्को ओभरमा उनी जुनिक सिद्दिकीको बलमा आउट भए ।

भुर्तेलले ३२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अर्धशतक बनाए । उनको यो पाँचौ एकदिवसीय अर्धशतक हो ।

पछिल्लो पटक क्रिजमा आरिफ शेख आएका छन् । क्रिजमा भीम सार्कीले ३० रन बनाएर खेलिरहेका छन् ।

नेपालले १७.२ ओभरको समाप्तिमा १ सय रनको स्कोर पूरा गरेको छ ।

नेपालका लागि ओपनर आसिफ शेख शून्य रनमा आउट हुँदा कुशल मल्ल ५ रन बनाएर पेभिलियन फर्किएका थिए । कप्तान रोहित पौडेल १६ रनमा आउट भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *