विश्वकप फुटबलमा अब ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल नयाँ ढाँचामा सञ्चालन गरिने भएको छ ।
२०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
यो विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ । यसअघि ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका थिए ।
२०२६ को विश्वकपमा कू १०४ खेल हुनेछन् । ती तीन देशका १६ वटा शहरमा विश्वकप आयोजना हुनेछ ।
फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको हो । उक्त ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले अनुमोदन गरेको छ।
नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। हरेक समूहमा ४ टोली हुने छन्।
समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।
२०२६ को विश्वकपमा १६ युरोपियन राष्ट्र सहभागी हुने छन्।