‘सकेसम्म धेरै खेलमा नेपाललाई सुखद नतिजा दिलाउँछु’

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले धेरैभन्दा धेरै खेलमा नेपाललाई सुखद् नतिजा दिलाउने प्रयास गर्ने बताएका छन् ।

नेपालले विगतमा हासिल गर्न नसकेको सफलता दिलाउन आफ्नो ध्यान केन्द्रीत गर्ने उनले उल्लेख गरे ।

नेपालमा भएका खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निर्माण गरी अघि बढ्ने योजना पनि उनले सुनाए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा मंगलबार बोल्दै उनले यस्तो बताएका हुन् ।

इटालियन प्रशिक्षक एनिसले हाल सञ्चालन भइरहेको सहिद स्मारक ए डिभिजन लिग र विगतका खेलबाट उनीहरुले गरेको प्रदर्शनका आधारमा टिम बनाउने उल्लेख गरे ।

मुख्य प्रशिक्षक एनिसको प्रशिक्षणमा नेपालले पहिलो घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *