‘दुईपटक राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एकै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्न पनि एकपटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने शर्माले बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबार काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा उनले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्‍याएर शपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौं राष्ट्रपति पाइसकेको हुने उल्लेख गरे ।

सांसद, मन्त्री भइसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रुपमै भए त्यो झनै राम्रो हुने धारणासमेत महामन्त्री शर्माले राखे ।

‘एकपटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहोर्‍याएर शपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले शपथग्रहण गर्दैगर्दा देशले पाँचौं राष्ट्रपति पाइसकेको हुन्थ्यो,’ उनले भने, ‘डा. रामवरणले २ पटक, विद्या भण्डारीले २ पटक शपथग्रहण गर्नुभयो । र, अहिले आएर रामचन्द्र पौडेल हुनुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *