१० दलीय गठबन्धन प्रतिगामी : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनलाई रावणको संज्ञा दिएका छन् । उनले १० दलीय गठबन्धनलाई प्रतिगामी भनेर पनि टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रिय कार्यालयमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

१० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै गठबन्धनलाई रावणको रुपमा चित्रित उनले टिप्पणी गरे ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरु चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी पनि गरे ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भए पनि गठबन्धनले त्यसलाई बेवास्ता गरेको आरोप लगाए ।

एमालेले उपराष्ट्रपतिको उम्मेदवारमा उठाएको उम्मेदवार पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको दाबी पनि ओलीले गरे ।

१० दलीय गठबन्धनले पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति हुनैपर्ने संविधानको मर्ममाथि प्रहार गरेको आरोप पनि उनको छ ।

‘१० दलका गठबन्धनका नेताहरुको जुन खालको मानसिकता छ, त्यो डरलाग्दो छ’ ओलीले भने, ‘वास्तवमा यो प्रतिगामी छ, प्रतिगामी भनेको पछाडि सर्ने होइन र ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *