बस दुर्घटनामा ६ जनाको मृत्यु, २८ घाइते

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तीन पुरुष र तीन महिला छन् । प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो ।
तीव्र गतिमा कुदाएकाले अनियन्त्रित भइ बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घाइतेमध्ये पाँचजना सिकिस्त भएकाले हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अरु घाइतेको खुर्कोट अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार सडकछेउ भित्तामा ठोक्किएर बस दुर्घटना भएको हो ।
घटनापछि चालक फरार छन् । उनको प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया