स्ववियु निर्वाचन प्रक्रिया सुरु, आज मनोनयन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा आज शनिबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु भएको छ ।
चैत ५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुनेछ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार निर्वाचनका लागि शनिबार देशभरका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा बिहान ११ देखि २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली दाखिला हुनेछ ।
आजै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेवारीको नामावली प्रकाशन गरिनेछ । भोलि आइतबार उम्मेदवारमाथि दाबी(विरोध र छानबिन हुनेछ ।
पर्सि सोमबार उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारहरुले सोमबारदेखि चैत २ गते मध्यरातिसम्म चुनाव प्रचार गर्न पाउने कार्यतालिका छ ।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन ।
यसपटक भने त्रिवि कार्यकारी परिषद्ले चैत ५ गते गर्ने निर्णय गरेअनुसार कार्यतालिका सार्वजनिक भएको हो ।