सिरहालाई पराजित गर्दै मोरङ समूह विजेता

विराटनगर । मोरङ ‘दोस्रो इक्वालिटी कप महिला क्रिकेट २०२३’ अन्तर्गत भएको प्रतियोगिता समूह विजेता बनेको छ ।

नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको लिगको अन्तिम खेलमा मोरङले सिरहालाई १० विकेटले पराजित गरेको हो ।

लिगको तीनै खेलमा जित हात पार्दै मोरङ समूह विजेता बनेको हो । दुवै टिम यसअघि नै फाइनलमा प्रवेश गरेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ५ बलमा सबै विकेट गुमाई ७६ रनको सामान्य स्कोर बनाएको थियो ।

सिरहाकी चन्द्रिका साहले १२ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मोरङकी वुमन अफ द म्याच सिर्जना राजवंशीले सर्वाधिक ३ विकेट लिइन् ।

७७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले ७ दशमलव २ बलमा बिना विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो । मोरङकी कप्तान सानु राजवंशी ३९ रनमा नटआउट हुँदा पूर्णिमा राजवंशी १९ रनमा नटआउट भइन् ।

यसअघि भएको पहिलो खेलमा एमसीसी–११ ले मधेश प्रदेशको सप्तरीलाई ८ विकेटले पराजित गर्दै सान्त्वना जित हात पारेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभर खेलमा १८ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ४ रनको स्कोर बनाएको थियो ।

सप्तरीकी मन्जु रामले नटआउट १४ रन शाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । एमसीसीकी वुमन अफ द म्याच रचना चौधरीले ४ लिँदा एलिना गोतामे र चाँदनी यादवले २–२ विकेट लिए ।

१ सय ५ रनको लक्ष्य पछ्याएको एमसीसीले ११ दशमलव ५ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । एमसीसीकी चाँदनी यादवले नटआउट १८ रन बनाउँदा रिया तामाङले १७ रन र रचना चौधरीले नटआउट १४ रन बनाए । एमसीसीको दुवै विकेट रनआउटबाट भएको हो ।

फागुन २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहासहित ४ टिम सहभागी रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *