मेस्सी र एम्बाप्पेहरु ‘फल’ खेल्दैनन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘फल’ खेल्नेहरु सफल नहुने बताएका छन् । यो अवस्था खेल मात्र होइन राजनीतिमा पनि लागू हुने उनको भनाइ छ ।

पेले, म्याराडोना, मेस्सी, एम्बापेलगायत खेलाडीको उदाहरण दिँदै ओलीले उनीहरू ‘फल’ नखेल्ने अनि अरुले ‘फल’ खेल्छन कि भनेर सतर्क पनि हुने गरेको बताए ।

पार्टी कन्द्रीय कार्यालयमा शुक्रबार आयोजित खेलकुद महासंघको नवनिर्वाचित कमिटीको शपथग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले अहंकारले मानिसलाई राम्रो नगर्ने उल्लेख गर्दै अहंकार बोक्ने व्यक्तिको विनास हुने बताए । ‘अहंकार दिमागमा पस्यो भने त्यसले अन्य कुरालाई रोक्छ’ ओलीले भने ।

‘खेलाडीले अहंकारलाई जे जे हानेर हुन्छ भगाइहाल्नु पर्छ । अहंकारलाई फ्लाइङ किक  वा राउन्ड किक हानेर बजाइदिनुहोस् । बक्सिङ, कराँते, जुडो के हुन्छ अहंकारलाई बजाइदिहाल्नु । अहंकारले मितेरी लगायो भने त्यसले खत्तम पार्छ । त्यसैले अहंकारसँग जम्काभेट हुनु हुँदैन, भयो भने दिइहाल्नु पर्छ दनक’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *