राष्ट्रपतिलाई सामाजिक सञ्जालमार्फत् ओलीको बधाई

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् राष्ट्रपति पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
‘तेस्रो राष्ट्रपतिको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु’, ओलीले लेखेका छन् ।
बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।
प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङ पौडेलसँग पराजित भएका थिए ।
प्रतिक्रिया