संस्कृत, आयुर्वेद र पूर्वीय दर्शनको शिक्षालाई सबैको पहुँचमा पुर्याउने अनेरास्ववियुको प्रतिबद्धता

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले चैत ५ गते हुने तय भएको स्ववियु निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

शिक्षामा राज्यको लगानी वृद्धि गर्ने र निःशुल्क शिक्षाको लागि नीति तर्जुमा गर्न पहल गर्ने प्रतिबद्धता अनेरास्ववियुको छ ।

सम्भाव्यता तथा आवश्यकताका आधारमा त्रिभुवन विश्वविद्यालयका ठूला आंगिक क्याम्पसहरूलाई स्वायत्त विश्वविद्यालयका रूपमा स्थापना गर्न पहल गर्ने भनिएको छ ।

यसैगरी संस्कृत भाषा, आयुर्वेद चिकित्सा र पूर्वीय दर्शनको शिक्षालाई सबैको पहुँचमा पुर्याउने सार्थै शैक्षिक पर्यटनको विषय बनाउन पहल गर्ने संगठनले जनाएका छ ।

७७ वटै जिल्लामा त्रिभुवन विश्वविद्यालयको कम्तीमा एउटा आंगिक क्याम्पस स्थापनाको लागि पनि पहल गर्ने जनाइएको छ ।

उच्च शिक्षामा छात्रवृत्ति कार्यक्रमलाई वृद्धिका लागि पनि अनेरास्ववियुले पहल गर्ने जनाएको छ ।

प्रतिबद्धता पत्रमा लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न छात्रवृत्ति प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन पहल गर्ने भनिएको छ ।

सबै विश्वविद्यालयहरूलाई अनिवार्य रूपमा शैक्षिक क्यालेन्डर निर्माण गर्न र शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक कार्यक्रम लागू गर्न पहल गर्ने एवं विश्वविद्यालयलाई प्रविधि मैत्री बनाउन पहल गर्नेलगायत बुँदा पनि अनेरास्ववियुले सार्वजनिक गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालका अनुसार विश्वविद्यालय तथा क्याम्पसहरुलाई बन्दरहित सम्मानित क्षेत्रका रुपमा विकास गर्न तालाबन्दी, तोडफोड, आगजनी जस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने प्रतिवद्धता संगठनको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *