आज तराईमा होली

काठमाडौं । आज मंगलबार फागु शुक्ल पूर्णिमा अवसरमा तराईमा उल्लासका साथ होली पर्व मनाइँदैछ । पहाडी जिल्लामा हिजो मनाएको होली तराईमा आज धुमधामका साथ मनाइँदै छ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायत जिल्लामा विशेष उल्लासका साथ होली पर्व मनाइँदैछ ।
सरकारले यस पर्वको अवसरमा तराईका होली खेल्ले जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ।
हिजो पहाडी भागमा मनाइने होलीको अवसरमा पहाडी भागमा सार्वजनिक बिदा थियो।
एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।
प्रतिक्रिया