लक्ष्मी स्कूल जहदालाई अन्तर स्कूल हव महिला क्रिकेट प्रतियोगिताको उपाधि

विराटनगर । प्रथम विराटनगर अन्तर स्कुल हव महिला क्रिकेट प्रतियोगिताको उपाधि लक्ष्मी स्कूल जहदाले जितेको छ ।

जहदाले सोमबार भएको उपाधि भिडन्तमा विराटनगरको महेन्द्र स्कूललाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगर– ६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १५ ओभरमा ६ विकेट गुमाई ७० रनको बनाएको थियो ।

स्नेहा सहनीले सर्वाधिक ८ रनको योगदान दिइन् । लक्ष्मीकी वुमन अफ द फाइनल खुशी राजवंशीले सर्वाधिक ४ विकेट लिइन् ।

७१ रनको विजयी लक्ष्य पछ्याएको लक्ष्मीले ९ दशमलव ४ बलमा विना क्षती सो लक्ष्य भेट्टाएको थियो । खुशी राजवंशीले नटआउट २२ बनाउँदा वेदिका राजवंशीले नटआउट २४ रनको योगदान दिएकी थिइन् ।

यसअघि तेस्रो स्थानकोलागि भएको खेलमा सरस्वती स्कूलले वालिका स्कूललाई ६५ रनले पराजित गर्दै तेस्रो स्थानमा चित्त बझाएको छ ।

टस हारेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १५ ओभरमा विना विकेट क्षती १ सय ४८ रनको विशाल स्कोर खडा गरेको थियो । वुमन अफ म्याच पूर्णीमा राजवंशीले नटआउट ५७ रन बनाउँदा प्रेरणा पासवानले नटआउट ५६ रन बनाइन् ।

१ सय ४९ रनको विशाल लक्ष्य पछ्याएको वालिकाले निर्धारित पुरै ओभर खेल्दै २ विकेट गुमाई ८३ रन मात्र बनाउँन सक्योे । पिंकी राजवंशीले नटआउट २३ रन जोड्दा सुस्मा राजवंशीले नटआउट १३ रनको जोडीन । सरस्वतीकी कृष्टिना धामीले २ विकेट लिइन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सरस्वतीकी पूर्णिमा राजवंशी, उत्कृष्ट ब्याटर सरस्वतीकी पे्ररणा पासवान, उत्कृष्ट बलर जहदाकी खुशी राजवंशी, उत्कृष्ट किपर महेन्द्रकी अम्विका राजवंशी र उखयमान खेलाडि जहदाकी फुलकुमारी राजवंशी घोषित भए ।

तीन दिनसम्म संचालन भएको प्रतियोगितामा विराटनगर र मोरङको जहदा गाउँपालिकाभित्र रहेका ६ वटा सामुदायिक विद्यालयका महिला खेलाडीको सहभगिता थियो ।

विजयी तथा अन्य खेलाडिलाई प्रमुख अतिथि नेपाल खेलकुद महासँघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद परिषदका पूर्व अध्यक्ष पर्शुराम बस्नेत, क्रिकेट विथआउट बाउण्ड्रीकाका प्रतिनिधि सारा वेग, नेकोस क्रिकेट सँघका केन्द्रीय अध्यक्ष विप्लव घोष, सुनसरी क्रिकेट सँघका अध्यक्ष सिपि पौडेल र आयोजक समितिका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरुसकार तथा ट्रफी वितरण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *