महेन्द्र र जहदा अन्तर स्कूल महिला क्रिकेटको फाइनलमा

विराटनगर । प्रथम विराटनगर हब अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द स्कूल र लक्ष्मी स्कूल जहदा प्रवेश गरेका छन् ।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेल मैदानमा भएको खेलमा विजयी हुँदै महेन्द्र स्कूल र लक्ष्मी स्कूल फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो खेलमा बालिका स्कूलले सत्यनारायण स्कूललाई ९ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ११ ओभरमा ८ विकेट गुमाई ६३ रनको बनाएको थियो । आर्कती चौधरीले सर्वाधिक ९ रनको योगदान दिइन् । बालिकाकी वुमन अफ द म्याच पिंकी राजवंशीले ३ विकेट लिँदा रचना उराँवले २ विकेट लिइन् ।

६४ रनको विजयी लक्ष्य पछ्याएको बालिकाले ७ दशमलव २ बलमा १ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । मुस्कान ठाकुरले नटआउट १५ रनको योगदान दिएकी थिइन् । सत्यनारायणकी आकृति चौधरीले १ विकेट लिइन् ।

दोस्रो खेलमा जहदाको लक्ष्मी स्कूलले विराटनगरमा सरस्वती स्कूललाई ६ विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । लक्ष्मीले लगातार दुई खेलमा विजयी हुँदै समुह ए को टप भएर फाइनलको यात्रा तय गरेको हो ।

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १५ ओभरमा ३ विकेट गुमाई ९२ रन बनाएको थियो । पूर्णिमा राजवंशीले २१ रन बनाउँदा प्रतिभा मण्डलले १२ रन बनाइन् । लक्ष्मीकी वेदिका राजवंशी २ विकेट लिइन् ।

९३ रनको लक्ष्य पछ्याएको लक्षीले १३ दशमलव ४ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । वुमेन अफ द म्याच सृजना राजवंशीले २८ रन जोड्दा फुलकुमारी राजवंशीले १६ रनको जोडीन । सरस्वतीकी मुस्कान भगतले २ विकेट लिइन् ।

तेस्रो खेलमा महेन्द्र स्कूल र सत्यनारायण स्कूल वीचको खेल टाइ भएको छ भएपछि महेन्द्रले ३ खेलमा १ मा जित र १ मा टाइ भएपछि ३ अंककासाथ फाइनलमा प्रवेश गरेको हो ।

टस हारेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १५ ओभरमा ४ विकेट गुमाई ९७ रन बनाएको छ । वुमेन अफ द म्याच अम्विका राजवंशी ले १९ रन बनाउँदा मनिका राजवंशीले १३ रन र रविना राजवंशीले १० योगदान दिइन् । सत्यनारायणकी दिक्षा परियार र दिपिका साहले २–२ विकेट लिए ।

९८ रनको विजयी लक्ष्य पाएको सत्यनारायले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा ९७ बनाए पछि खेल टाइ भएको हो । जस्मा खुश्वु रामले सर्वाधिक १६ रनको योगदान दिइन् । महेन्द्रकी रविना राजवंशी, भुमिका राजवंशी, मनिका राजवंशी र स्नेहा सहनीले १–१ विकेट लिइन् ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा विराटनगर र मोरङको जहदा गाउँपालिका भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका महिला खेलाडीहरुको सहभागी रहेको फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *