कतारकी राजकुमारीले अन्नपूर्ण हिमाल आरोहण गर्ने

काठमाडौं । कतारकी राजकुमारी आश्मा अल्थानीले अन्नपूर्ण प्रथम हिमाल आरोहण प्रयास गर्ने भएकी छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि उनीसहितको टोली म्याग्दी पुगेको छ ।

इलाइट ट्रेकिङ कम्पनीमार्फत् राजकुमारी आश्मासहितको टोली पुगेको हो ।

राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकी छन् ।

टोलीको अगुवाई ८ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) ले गरेका छन् ।

मार्च महिनामै अन्नपूर्ण प्रथम हिमालआरोहण गर्ने टोलीको लक्ष्य छ ।

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक सफल आरोहण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *