दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगर । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ३ दियालेमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मीनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीर्थ लक्ष्मी थापा, शर्मिला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कट्टेल, आयुषा श्रेष्ठ, केन्द्र कार्की, लरिसा श्रेष्ठ, तिलककुमारी श्रेष्ठ र चालक सुमन कार्की घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेर प्रहरीले उद्धार कार्य गरिरहेको छ । दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

टोली घटनास्थलमा उद्धार कार्यमा सक्रिय भएको भन्दै घटनाको विस्तृत विवरण आउन बाँकी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *