१९ प्रतिशतभन्दा बढी युवा पूर्णतः बेरोजगार

काठमाडौं । उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार बसेका नेपाली युवको संख्या निकै छ । स्थानीय स्तरमा भरपर्दो रोजगारी नपाउँदा ठूलो संख्यामा युवाहरु विदेशिने क्रम रोकिएको छैन । नेपालबाट बर्सेनि ६ लाखभन्दा बढी युवा कामको खोजीमा विभिन्न मुलुक पुग्छन् ।

नेपालको कूल जनसंख्याको ४० प्रतिशत युवा छन् । तीमध्ये धेरै बेरोजगार छन् । औपचारिक शिक्षा सीप र उद्यमशीलता बढाउने खालको नभएकाले पनि यस्तो अवस्था देखिएको हो ।

बेरोजगारी समस्या कम गर्न विद्यालय तहदेखि नै सीप र रोजगारमूलक शिक्षा आवश्यक रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

सरकारले विभिन्न समयमा युवालक्षित रोजगार कार्यक्रम सञ्चालन गर्ने गरेको छ । प्रदेश सरकारहरुले पनि त्यस्ता कार्यक्रम बेला बेला सञ्चालन गर्छन् । तर ती कार्यक्रम पर्याप्त र प्रभावकारी हुन सकेका छैनन् ।

करिब १ करोड ६ लाख नागरिक युवा रहेकामा १० प्रतिशतमात्र रोजगारीमा रहेको तथ्यांक छ । १९ दशमलव २ प्रतिशत पूर्ण बेरोजगार अवस्थामा छन् । उच्च शिक्षा हासिल गरेका २६ प्रतिशत रोजगारीको खोजीमा छन् ।

सन् २०२२ मा १ लाख २२ हजारले वैदेशिक अध्ययनका लागि अनुमति लिएका थिए बढ्दो युवा बेरोजगारीलाई मध्यनजर गरी युवा परिषद्ले उद्यमशीलता, सीप विकास र वित्तीय साक्षरतासम्बन्धी तालिम दिई आत्मनिर्भर बनाए पनि प्रभावकारी हुन सकेको छैन ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, श्रम, खेलकुदलगायत मन्त्रालयले युवालक्षित कार्यक्रम गर्दै आए पनि एकरुपता नहुँदा युवालाई आत्मनिर्भर बनाउने प्रयास सफल राष्ट्रिय युवा परिषद्का सदस्य सचिव रमाकान्त शर्माको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *