नेपालले पपुवा न्युनिगनीलाई ३ विकेटले हरायो

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गतको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई नेपालले तीन विकेटले हराएको छ ।

पीएनजीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । दुबई इन्टरनेसनल क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।

नेपाललाई १७९ रनको लक्ष्य दिँदै पीएनजी ४९.२ ओभरमा अल आउट भएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ब्याटिङमा राम्रो सुरुवात गर्न सकेन ।

ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । अर्का ओपनर आशिफ शेख अन्तिमसम्म मैदानमा टिकेका थिए । उनको १३० बलमा अविजित ८६ रन बनाए ।

२६ बल खेलेका कुशल मल्लले दुई चौकाको मद्दतमा २२ रन बनाए । ५० बल खेलेका सन्दीपले ३५ रन बनाए । नेपालका अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

पीएनजीका असाद भालाले सर्वाधिक ३ विकेट लिए । सेमो कामेएले र सेसे बाउले समान २–२ विकेट लिए । पीएनजीका ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाएका थिए ।

५१ बल खेलेका टोनीले दुई चौका र एक छक्का प्रहरा गरे भने ४३ बल खेलेका अर्का ओपनर किप्लन डोरिगाले तीन चौकाको मद्दतमा २६ रन बनाए ।

सेसे बाउ र कप्तान असाद भालाले समान ११–११ रन बनाए । २४ बल खेलेका सेसे र १९ बल खेलेका कप्तान असाद दुवैले एक÷एक चौक प्रहार गरे ।

हिरी हिरीले दुई चौका र एक छक्काको सहयोगमा ३१ रन बनाए । उनले जम्मा ६३ बल खेले । गौडी टिका १५ रन बनाएर मैदानबाट बाहिरिए ।

४३ बल खेलका गौडीले एक चौका हिर्काए । चाड सोपर र रिलेय हेकुरेले समान ९ अंक जोडे । ११ बल खेलेका चाड र १८ बल खेलेका रिलेय दुवैले एक चौका प्रहार गरेका थिए ।

१६ बल खेलेका नोर्मन भानुआल एक छक्काको मद्दतमा १४ रन बनाउँदै मैदानबाट बाहिरिएपछि अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए । १० ओभर बलिङ गरेका सोपालले ३९ रन खर्चिए भने दीपेन्द्रले एक मेडन राख्दै ३० रन खर्चिए ।

सन्दीप लामिछाने, करन केसी, आरिफ शेख र कुशल मल्लले समान १–१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *