भूतपूर्व गोर्खा सैनिकको समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरुसँग सम्बन्धित विषय र समस्यामा ध्यान दिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरिएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै भूतपूर्व गोर्खा सैनिकको मुद्दा टुंग्याउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष गाहामगरले प्रधानमन्त्रीसँग वंशजको नेपाली नागरिकता निरन्तरता, संघको विवादलगायत विषयमा पनि कुराकानी गरेका थिए ।

भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि सुरु भएको बेलायत र नेपाल सरकार (जीटुजी) वार्ता छिट्टो टुंग्याउन पहल गरिदिन आग्रह गरेको उनले बताए ।

नेपाल, बेलायत र भारत सरकारबीच त्रिपक्षीय सन्धिमार्फत भर्ती भइ बेलायत, हङकङ र सिंगापुरमा सेवा गर्न पठाइएका गोर्खाहरु विदेश बसेको वा विदेशी नागरिकता लिएकै कारण उनीहरुको वंशजको नेपाली नागरिकता सधैंका लागि नखोसियोस् भन्ने माग समेत राखेको उनले बताए ।

उच्चस्तरीय समिति गठन गरी संविधानमा भएको नागरिकतासम्बन्धी व्यवस्था संशोधन गर्न समेत गाहामगरले अनुरोध गरेका छन् ।

प्रधानमन्त्री दाहालले भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएको गाहामगरले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *