अन्तर स्कुल हब लिग क्रिकेटको उपाधि सरस्वतीलाई

विराटनगर । प्रथम विराटनगर अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ ।

बिहिवार भएको फाइनल खेलमा सत्यनारायण स्कूललाई ३ विकेटले पराजित गर्दै सरस्वतीले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरको खेलमा २९ ओभरमा सवै विकेट गुमाई १ सय २० रनको स्कोर खडा गरेको थियो । सोनु सिंहलेले ४२ रन बनाउँदा आकाश यादवले अविजित २४ रन, आनन्द सोनीले १६ रन र विकाश कामतले ११ रनको योगदान दिए । सरस्वतीका शिवनारायण यादवले ३ विकेट लिँदा रामनारायण यादव, रोहन मण्डल र सुमन यादवले समान २–२ विकेट लिए ।

१ सय २१ रनको लक्ष्य पछ्याएको सरस्वतीले २७ ओभरमा ७ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । रामनारायण यादवले अविजित ४० रन जोड्दा आयूस सेन्चुरीले २६ रन, दिपेन्द्र राजवंशीले १९ रन र अविशेक साहले १० रन जोडे । सत्यनारायणका आकाश यादवले ३ विकेट लिँदा अमर यादव, कृष्ण यादव र राहुल सरबरियाले १–१ विकेट लिए ।

फाइनल खेलको म्यान अफ फाइनल सरस्वतीका अलराण्डर रामनारायण यादव घोषित भए । यादव प्रतियोगिताको उत्कृष्ट खेलाडि समेत भए । उत्कृष्ट ब्याटर बुढानिलकण्ठ स्कूलका अर्नभ भट्टराई, उत्कृष्ट बलर सरस्वतीका रोहन मण्डल, उत्कृष्ट विकेट किपर सत्यनारायणका दिपक यादव तथा उदयमान खेलाडि सत्यनारायणका आकाश यादव भए ।

फागुन ११ गतेदेखि भएको लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरका निजि तथा सामुदायिक स्कूलगरि ८ वटा स्कूल सहभागी थिए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि कोशी प्रदेशका सांसद केदार कार्की, पूर्व अन्तर्राष्टिय खेलाडी पारस लुनिया, क्यानका केन्द्रीय सल्लाहकार नरेश श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी महमद साद वाबु र आयोजक नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *