कोशी प्रदेशमा आज सार्वजनिक बिदा

विराटनगर । प्रदेशको नामकरण भएको अवसरमा कोशी प्रदेश सरकारले आज बिहिवार सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश सरकार मन्त्रिपरिषदबाट प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

प्रदेशसभाबाट प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव बुधबार बहुमतले पारित भएको थियो । प्रदेशसभाका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रदेशको नाम कोसी राख्न प्रस्ताव गरेका थिए ।

प्रदेशको नाम ‘कोशी’ राख्ने पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।

प्रदेशसभाको पहिलो कार्यकालले प्रदेश १ को नामकरण गर्न सकेको थिएन । दोस्रो कार्यकाल सुरु भएलगत्तै दुई तिहाइ बहुमत जुटाएर प्रदेशसभाको नामकरण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *