विश्वकपमा पुग्न युएईसँग निर्णायक खेल खेल्दै नेपाल

काठमाडौं । आईसीसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले अन्तिम खेलमा आज घरेलु टोली युएईसँग खेल्दैछ ।
युएईको आजमानमा रहेको इडेन गार्डेन्समा नेपाली समयअनुसार खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपालले सुरुवाती सबै चार खेल जितेको छ। युएई पनि चार खेलमा अपराजित टोली हो। चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्वकप पुग्न निर्णायक हुनेछ ।
नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३ रन तथा हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो ।
घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।
सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल युएईसँग एक रनले डकवर्थ लेविस पद्धतिको आधारमा पराजित हुँदै दुईवटा विश्वकप खेल्न पाएको थिएन।
नेपाल र युएईबीचको विजेता टोलीले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्नेछ ।